टिचिङ अस्पतालको आकस्मिक कक्ष सिल
नेपालखोज
२०७७ साउन २९ गते ९:४५
काठमाडौं । त्रिवि शिक्षण अस्पताल (टिचिङ) को आकस्मिक कक्ष सिल गरिएको छ । आकस्मिक कक्षमा कार्यरत दुईजना मेडिकल अफिसरलाई कोरोना संक्रमण देखिएपछि आकस्मिक कक्ष सिल गरिएको अस्पताल स्रोतले जनाएको छ ।
उनीहरुमा बुधबार आएको रिपोर्टमा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । अस्पतालका कोभिड १९ संयोजक डा. सन्तकुमार दासले आकस्मिक कक्षका मेडिकल अफिसरलाई कोरोना देखिएपछि उक्त वार्ड सिल गरिएको जानकारी दिए ।
थप अन्य आकस्मिक वार्डका अन्य कर्मचारीहरुको आज नमुना संकलन गरिने डा. दासले बताए । उनीहरुको रिपोर्ट आएपछि मात्र आकस्मिक वार्ड नियमित गरिने उनले बताए । यसअघि अस्पतालको मेडिसिन वार्डमा कार्यरत चारजना नर्समा पनि संक्रमण देखिएको थियो ।
सम्बन्धित

प्रतिक्रिया