काठमाडौं भित्रिन र बाहिरिने सवारीमा थप कडाई, पास दिने प्रक्रियामा राेक
नेपालखोज
२०७७ साउन २९ गते १५:१८
काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले उपत्यका आवतजावतका लागि सवारी पास दिनमा रोक लगाएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार बिहीबारदेखि सवारी पास बन्द गरिएको प्रशासकीय अधिकृत कमलप्रसाद पाण्डेले जानकारी दिए ।
सूचना जारी गर्दै बाहिरका जिल्लाहरूबाट उपत्यका भित्रिनको लागि दिँदै आएको ‘सवारी पास स्वीकृति’ समेत अर्को व्यवस्था नभएसम्मका लागि पूर्ण रुपमा बन्द गरिएको पाण्डेले बताए ।
त्यस्तै एम्बुलेन्स, खाद्यन्न ढुवानी, सञ्चार माध्यम लगायतका पास आवश्यक नपर्ने सवारी साधन मात्र आवतजावत गर्न स्वीकृती दिइएको छ ।
सम्बन्धित
प्रतिक्रिया