मंगलबार, असार १७, २०८२

काठमाडौंको १४ नं वडामा थप कडाइ

नेपालखोज २०७७ साउन २९ गते २०:३३

काठमाडौं । समुदायस्तरमा कोरोना महामारीको संक्रमण फैलिएको भन्दै काठमाडौं महानगरपालिका–१४ मा थप कडाइ गरिएको छ। वडा कार्यालयले सूचना जारी गर्दै संक्रमणबाट बच्न कडाइ गरिएको जानकारी दिएको छ।

सूचनाअनुसार, फलफूल तथा तरकारी व्यवसायीहरुले बिहान ५ देखि ९ बजेसम्म मात्रै व्यवसाय सञ्चालन गर्न पाउनेछन्। औषधिलगायत अत्यावश्यक सामग्री खरीदका क्रममा दुई मिटर दूरी कायम गर्न आग्रह गरेको छ। ठेलागाडालगायत फुटपाथको व्यवसायमा पूर्ण बन्देज लगाएको वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयले २६ साउनको उपत्यका नगरपालिका फोरमको निर्णय र २७ साउनमा काठमाडौं महानगरबाट प्राप्त पत्रका आधारमा थप कडाइ गर्न लागिएको जानकारी दिएको छ।

प्रतिक्रिया