काठमाडौं महानगरले अब फोहोर नउठाउने
नेपालखोज
२०७७ साउन ३० गते १८:२३
काठमाडौं । उपत्यकामा कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढिरहेको छ । संक्रमण कम गर्न स्थानीय सरकार र सुरक्षा निकायले महानगरका विभिन्न क्षेत्रमा प्रतिवन्ध लगाएको छ । प्रतिवन्धका कारण काठमाडौं महानगरपालिकाले समयमा फोहोरमैला संकलन गर्न नसक्ने जनाएको छ ।
शुक्रबार महानगरपालिकाले जारी गरेको सुचनामा कोरोना भाइरसका कारणले कतिपय क्षेत्रमा नेपाल सरकार, स्थानीय सरकार र सुरक्षा निकायले सर्टडाउन, सिल÷आवतजावतमा प्रतिवन्ध लगाएका कारणले समयमा फोहोरमैला व्यवस्थापन कार्यमा कटिनाई परेकाले उक्त क्षेत्रभित्रको घर, आँगन वा चोकबाट निस्कने फोहोरमैला अर्को व्यवस्था नभएसम्मका लागि आफैंले सोही स्थानमा व्यवस्थापन गरी सहयोग गर्न अनुरोध गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया