मंगलबार, असार १७, २०८२

टेलिकमको आम्दानी खुम्चियो

नेपालखोज २०७७ साउन ३० गते २०:२१

काठमाडौं । नेपाल  टेलिकमको आम्दानी खुम्चिएकोछ । चालु आर्थिक बर्षको चौथो त्रैमासमा नेपाल टेलिकमको आम्दानी केही खुम्चिएको हो ।

टेलिकमको यस अवधिमा कूल सेवा वापतको आया ६ दशमलब २ प्रतिशतले घटेको जनाएको हो । गत आर्थिक बर्षको थौथो त्रैमासमा ३६ अर्ब ८६ करोड आम्दानी गरेको टेलिकमले यो आर्थिक बर्षको यसै अवधिमा ३४ अर्ब ५७ करोड मात्र आम्दानी गर्न सफल भएको हो ।

कम्पनीका सेवा मध्ये लिज्ड लाइन, एफटिटिएच र जिएसएम डेटा बाहेक अन्य सबै सेवाबाट प्राप्त हुने राजश्वमा कमी हुन गएको कम्पनीले जनाएको छ ।

आम्दानीमा कमी आएसँगै कम्पनीको खुद नाफा पनि अघिल्लो वर्षको तुलनामा गत वर्ष १२ प्रतिशत बढीले खुम्चिएको कम्पनीले जनाएको छ । अघिल्लो बर्ष ९ अर्ब ७६ करोड खुद नाफा गरेको कम्पनीले गत आवमा ८ अर्ब ५६ करोड रुपैयाँ मात्र नाफा गर्न सफल भएको छ ।

प्रतिक्रिया