एनसीसी बैंकको नाफा वृद्धि
काठमाडौं । एनसीसी बैंकको नाफा वृद्धि भएको छ । एनसीसी बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा १ अर्ब १३ करोड रुपैयाँ नाफा कमाएको जनाएको छ ।
नाफा अघिल्लो वर्षको भन्दा १०.७४% ले धेरै हो । अघिल्लो वर्ष बैंकले १ अर्ब २ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो । यता बैंकको वितरण योग्य नाफा भने ४१.६६% ले घटेर ६९ करोड ९९ लाखमा खुम्चिएको छ । अघिल्लो वर्ष वितरण योग्य नाफा १ अर्ब १९ करोड रुपैयाँ रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ८.७४% ले बढ्दा सञ्चालन नाफा भने ११.२२% ले घटेको छ । हाल यसको चुक्ता पुँजी ९ अर्ब ३५ करोड रुपैयाँ र जगेडा कोषमा २ अर्ब ९३ करोड रुपैयाँ छ ।
एनसीसीको खराब कर्जा अनुपात बढेर २.७९% पुगेको छ । बैंकको प्रतिसेयर आम्दानीमा पनि ११ रुपैयाँ ७६ पैसाको गिरावट आएर १२ रुपैयाँ ०९ पैसामा सीमित भएको छ । यसको प्रतिसेयर नेटवर्थ १४० रुपैयाँ ९१ पैसा रहेको छ ।
प्रतिक्रिया