कोरोना : मृत्यु हुनेको संख्या १०१ पुग्यो !
काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ सय १ पुगेको छ । धनुषा र पर्सामा थप २ जना कोरोना संक्रमितको मृत्यु भएपछि कुल मृतकको संख्या १ सय १ पुगेको हो ।
धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर–४ का ५० वर्षीय पुरुषमा विहिबार कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागी जनकपुरधामबाट काठमाडौँ ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए । । स्वास प्रश्वासको समस्या भएपछि उनलाई अस्पतालमा ल्याईएको थियो ।
त्यस्तै ७ दिनदेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत वीरगन्जका एक संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको मुर्ली निवासी ६० वर्षीय पुरुषको हिँजो साँझ ७ बजे कोरोना अस्पतालमा मृत्यु भएको अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहले जानकारी दिए ।
ती पुरुष गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए । डा. सिंहका अनुसार मृतक ६० वर्षीय पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए । साउनयता मात्रै पर्सामा २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

प्रतिक्रिया