मंगलबार, वैशाख १६, २०८२

आज कुन जिल्लामा कति कारोना संक्रमित ?

नेपालखोज २०७७ साउन ३१ गते १९:००

काठमाडौं । नेपालमा आज कोरोना भाइरस (कोभिड १९) का ४ सय ६८ नयाँ संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना भाइरसको संक्रमितको कुल संख्या २६ हजार १९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार शनिबार चितवनका ९, बाँकेका ११, बर्दियाका १४, काठमाडौँका ८०, ललितपुरका ९, भक्तपुरका ९, धनुषाका २७, काभ्रेपलाञ्चोकका ९, रामेछापका ३, मोरङका ६५, सप्तरीका २, सिरहका ५, सुनसरीका १९, तेह्रथुमका १, बझाङका १ र डडेल्धुराका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै दोलखाका ५, उदयपुरका २, कपिलवस्तुका ३२, नवलपरासी पूर्वका २, बाराका २, पर्साका २४, खोटाङका ६, रसुवाका १, सर्लाही ५४, कास्कीका ११, दैलेखका ३, सुर्खेतका ५, गुल्मीका १, रुपन्देहीका २, महोत्तरीका ९, बाग्लुङका २, गोरखाका १, स्याङ्जाका १, तनहुँका २, दाङका ११, सिन्धुलीका १, मकवानपुरका २१ र रौतहटका ४ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयल जनाएको छ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १ सय २४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै डिस्चार्ज हुनेहरुको संख्या १७ हजार २ सय १ पुगेको छ। त्यस्तै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १०२ पुगेको छ ।

प्रतिक्रिया