लिदी पहिरो अपडेट : १६ जनाको शव भेटियो

नेपालखोज २०७७ साउन ३१ गते १९:१०

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या १६ पुगेको छ । शुक्रबार बिहान गएको पहिरोमा पुरिएका ११ जनाको हिजो नै भेटिएको थियो ।

आज थप ५ जनाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । मृतक १६ जनाकै पहिचान भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी माधव प्रसाद काफ्ले जानकारी दिए । काफ्लेकाअनुसार मृत्यु हुनेमा नौ बालबालिकासहित चार महिला र बाँकी पुरुष छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले सार्वजनिक गरेको विवरण
मृत्यु हुनेमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेमिश दोङ, १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कबिर दोङ रहेका छन् ।

प्रतिक्रिया