शनिबार, वैशाख १३, २०८२

आज आईतवार सूर्यदेवको आराधना गर्नुहोस् तनाव मुक्त हुनेछ ।। तपाईको आजको राशिफल ।।

नेपालखोज २०७७ साउन ३२ गते ५:००

तपाईको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
माया प्रेममा सामिप्यता बढेर जानेछ भने घर परिवार तथा आफन्तबिचको सम्बन्धमा सुधार भएर जानेछ । शुभ समाचार सुन्न पाईएला ।


वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । कलकारखाना र बन्दव्यापारमापनि राम्रै हुनेछ ।


मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज पारिवारिक सद्भाव बढ्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहयोग मिल्नेछ ।


कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
मन सम्हाल्न आवश्यक हुनेछ । दुष्ट व्यक्तिको संगतले आत्मघाती काम गर्न पुगिएला सचेत रहनु पर्नेछ । सौन्दर्यतामा धन खर्च हुनेछ ।


सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । पठनपाठनमा प्रगति हुनेछ ।


कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज विशिष्ट व्यत्तिको भेटघाटले मन प्रसन्न हुनेछ । सवारी साधनको खरिद बिक्री हुने योग छ । दाम्पत्य जीवनपनि सुखमय नै हुनेछ ।


तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
राज्यबाट मान सम्मान पाइनेछ । कुटुम्बको सहयोग मिल्नेछ । घरमा अतिथीको आगमन हुनेछ । बोलीको भरमा कार्य सम्पादन हुनेछ ।


वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
मन खिन्न हुने स्थिति आउनेछ । कार्य सम्पादनमा सहजता नमिल्ला । जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । स्वास्थ्यप्रति सजक रहनु होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
इनाम र प्रतिष्ठा कमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । अधुरो काम बन्नेछ । धार्मिक र सांस्कृतिक कार्यमा सरिक भाईनेछ ।


कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
श्रमको उचित मुल्याङ्कन हुनेछ । मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । कला र गलाको प्रभाव बढ्नेछ । शुभ समाचार सुन्न पाइएला ।


मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रापनि होला । -ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया