बिहीबार, चैत ६, २०८१

डाक्टर र नर्ससहित चितवनमा २७ जनामा कोरोना पुष्टि

नेपालखोज २०७७ साउन ३२ गते ७:४२

चितवन । चितवनको भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोशालामा गरिएको परीक्षणमा चितवनमा मात्रै डाक्टर र नर्ससहित एकैदिन २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिकाक्षेत्रका मात्रै २१ जना रहेका छन् ।

Advertisement

त्यस्तै, चितवनको रत्ननगरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्वारेन्टाइनमा रहेका रत्ननगर नगरपालिका– ५ र १२ का ३ पुरुष र एक महिलामा संक्रमण देखिएको छ । पुरुषहरु २५, ३२ र ३६ वर्ष उमेर समूहका छन् भने महिला ३५ वर्षकी छन् । चितवनकै खैरहनी नगरपालिका–८ का ३९ र ४५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ ।

भरतपुर अस्पताल, भरतपुर सेन्ट्रल अस्पताल र वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबाट स्वाब संकलन गरी गरिएको परीक्षणमा भरतपुर वडा नं। ३, ४, ६, ७, १०, १२, १५ र २१ का १० जना पुरुष र ११ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । पुरुषहरु २६ देखि ५३ वर्ष उमेर समूहका छन् । यस्तै महिलाहरु २२ देखि ३९ वर्ष उमेर समूहका छन् । संक्रमित हुनेमा चिकित्सक र नर्सहरुसमेत छन् ।

प्रतिक्रिया