मंगलबार, असार १७, २०८२

विराटनगरमा थप ४३ सङ्क्रमित

नेपालखोज २०७७ साउन ३२ गते १५:२४

काठमाडौं । समुदायस्तरमा कोरोना सङ्क्रमण फैलिएसँगै विराटनगर महानगरपालिकामा थप ४३ जना सङ्क्रमित पुष्टि भएका छन् ।

महानगरपालिकाद्वारा शनिबार गरिएको परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण देखिएको जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए। सङ्क्रमित हुनेमा १९ महिला रहेका छन् ।

सङ्क्रमितमा विराटनगर–६ का सात जना, ३, ९, ११ र १५ का ६/६ जना , विराटनगर २ र ५ का ४/४ जना, विराटनगर ४ का ३ जना र विराटनगर ८ का एक जना रहेका छन् ।

यसअघि प्रदेश नं १ सामाजिक विकास मन्त्रालयले शनिबार दिउँसो जारी गरेको विवरणमा यहाँ ४० जना सङक्रमित थप भएका थिए । सङ्क्रमितको सङ्ख्या ५ सय २३ पुगेको छ भने निको भई घर फर्कनेको सङ्ख्या ८६ जना रहेका छन् ।  रासस

प्रतिक्रिया