सोमबार, चैत ३, २०८१

कोरोना कोषमा सनराइज बैंकको सहयोग

नेपालखोज २०७७ साउन ३२ गते १५:४३

काठमाडौं । सनराइज बैंक लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारलाई रु ७९ लाख ४४ हजार ४ सय ७६ रुपैंया बराबरको रकम सहयोग गरेको छ । सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत उक्त रकम हस्तान्तरण गरेको हो ।

Advertisement

उक्त रकम आज आयोजित एक समारोहकाबीच बैंकका संचालक समितिका सदस्य श्रीमती शारदा शर्मा पुडासैनीले अर्थमन्त्री डा.युवराज खतिवडालाई हस्तान्तरण गरेकी थिइन् । सोही समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्री जनक शर्मा पौड्याल र नायब महाप्रबन्धक श्रीमती आरती राज्यलक्ष्मी राणाको पनि उपस्थिति रहेको थियो । प्रदान गरिएको रकमबाट कोरोना संक्रमण रोेकथाम तथा उपचारका लागि सहयोग पुग्ने बैंकको विश्वास छ ।

उक्त अवसरमा अर्थमन्त्री डा.खतिवडाले बैंकलाई धन्यबाद दिदैं बैंकले प्रदान गरेको उक्त सहयोग संस्थागत सामाजिक उत्तरदायित्वको प्रशंसनीय उदाहरण भएको बताउँदै प्राप्त रकम सरकारले कोरोना रोकथाम एवं नियन्त्रणको काममा सदुपयोग गर्ने बताए । सनराइज बैंकले यसअघि पनि देशका विभिन्न प्रदेश सरकार तथा स्थानीय तह, अस्पतालहरुलाई कोरोनासँग लड्न अति आवश्यक सामार्ग्रीहरु जस्तै पिपीई, मास्क, स्यानिटाइजर आदि हस्तान्तरण गरेको थियो ।

प्रतिक्रिया