मंगलबार, जेठ ८, २०८१

बारामा फेरि निषेधाज्ञा

नेपालखोज २०७७ साउन ३२ गते १८:१०

काठमाडौं । जिल्ला प्रशासन कार्यालय बाराले सोमबारदेखि लागु हुने गरी पुनः अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको छ ।

जिल्ला कोभिड समन्वय समितिको निर्णय अनुसार सोमबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा जारी भएको हो । बारामा यसअघि साउन १८ गतेदेखि लागु हुने गरी अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो ।

जिल्लामा कोरोना संक्रमितको संख्या बढ्दै गएकोले संक्रमण फैलनबाट रोक्न अनिश्चितकालिन निषेधाज्ञा जारी गर्नुपर्ने अवस्था आएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ बमोजिम बारा जिल्लामा निषेधाज्ञा जारी गरिएको उनले बताए ।

प्रतिक्रिया