मंगलबार, वैशाख १८, २०८१

पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना पुष्टि

नेपालखोज २०७७ साउन २७ गते १६:३९

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ६ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभर रहेका विभिन्न प्रयोगशालामा २४ घन्टाभित्र १० हजार ४ सय ६२ जनामा गरिएको परीक्षणमा ६ सय ३८ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय ७१ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या १६ हजार ६ सय ६४ पुगेको प्रवक्ता डा. गौतमले बताएका छन् ।

देशभर काेराेनाबाट ज्यान गुमाउनेकाे स‌ंख्या ८३ पुगेकाे छ ।

प्रतिक्रिया