अनुमति नलिई काठमाडौं प्रवेश गर्ने १९ हजारलाई नाकाबाटै फिर्ता

नेपालखोज २०७७ साउन ३२ गते १८:१४

काठमाण्ठौ । काठमाडौं उपत्यकामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या बढ्दै गईरहेको छ । काठमाडौंमा कोरोना संक्रमणको उच्च जोखिम बढेसँगै संक्रमण रोकथान र नियन्त्रणका लागि सुरक्षा अनुगमन कडाई गरिएको छ ।
गृह मन्त्रालयले काठमाडौंमा ५ वटा तथा भक्तपुर र ललितपुरमा ४÷४ वटा टोली परिचालन गरी अनुगमन र कार्वाहीलाई कडाई गरेको जनाएको छ ।
गृह प्रशासनले जिल्लामा सवारी पास वितरणलाई समेत वन्द गरिसकेको छ । भने तोकिएको सुरक्षा मापदण्ड पालना नगर्नेहरुमा माथि थप कडाइ गरिएको गृह मन्त्रालयले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार काठमाण्डौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय ३५ सवारी साधनलाई प्रवेश विन्दु मै फर्काइएको छ भने बिना अनुमति उपत्यका प्रवेश गर्न खोज्ने १९ हजार ४ सय ८३ जनालाई प्रवेश नाकावाटै फिर्ता गरिएको जनाएको छ ।

प्रतिक्रिया