आइतबार, चैत ९, २०८१

बुबाको मुख हेर्ने दिन एनआईसी एशियाको मोबाइल बैंकिङ्ग एवं कार्डमार्फत् उपहार किन्दा विशेष छुट

नेपालखोज २०७७ भदौ १ गते १४:२१

काठमाडौं । एनआईसी एशिया बैंकले बुवाको मुख हेर्ने दिन उपहार किन्दा ३० प्रतिशत छुट दिने योजना ल्याएको छ । ग्राहकले उक्त दिनमा सामाग्री खरिद गर्दा बैंकको मोबाइल बैंकिङ्ग र कार्ड (डेबिट तथा क्रेडिट) बाट कारोबार रकम भुक्तानी गरेमा गर्दा उक्त छुट प्राप्त गर्ने बैंकले जनाएको छ ।

Advertisement

बैंकले सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै डिजिटल बैंकिङ्ग क्षेत्रमा अग्रणी स्थानमा रही नविनतम प्रविधिद्वारा सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको यस बैंकले कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न नगद रकम कारोबारको सट्टा डिजिटल कारोबारको माध्यम प्रयोग गर्न वान्छनीय रहेको महशुस गर्दै आफ्ना ग्राहक महानुभावहरूलाई डिजिटल भुक्तानीमा प्रोत्साहन गर्न यस्ता योजना ल्याउँदै आएको बताएको छ । आफ्ना मोबाइल बैंकिङ्ग वा कार्ड (डेबिट÷क्रेडिट) प्रयोगकर्ताहरूलाई देशभरका २,५०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोरलगायतमा सेवा लिई लागत रकम भुक्तानी गर्दा कारोबार रकमको ३० प्रतिशतसम्म छुट दिने व्यवस्था गरेको विज्ञप्तीमा उल्लेख छ ।

विज्ञप्तीमा अगाडि भनिएको छ, अतुलनीय तथा असिमित सुविधासहित देशभर फैलिएका शाखा तथा सञ्जालमार्फत् आफ्ना लाखौं ग्राहकमाझ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आएको यस एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ ।

आफ्नो इच्छा र चाहनाको ख्याल नगरी छोराछोरीको लागि पसिना बगाउने बुबाहरू उनीहरूका लागि प्रेरणाका स्रोत हुन् भन्ने मान्यताअनुरुप उनै बाबुहरूलाई सम्मान गर्नका लागि यस बैंकले आफ्नो उत्तरदायित्व बहन गर्दै आफ्ना ग्राहकलाई बुबाको मुख हेर्ने दिन विभिन्न सामग्रीहरू खरिद गर्नका लागि देशका विभिन्न १४ वटा मर्चेन्टहरूसँग समझदारी गरी ३० प्रतिशतसम्म छुट योजना ल्याएको हो ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२६ शाखा कार्यालयहरू, ४६६ एटिएम्, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ६४ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाखभन्दा बढी ग्राहकहरूका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् । उत्तरदायी बंैकिङ्गको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब रू.१ अर्ब ८७ करोड भन्दा बढी राजश्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशिकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया