शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रिय सभा उपाध्यक्ष अर्यालले लिइन् शपथ

नेपालखोज २०७९ माघ २४ गते ११:५१

काठमाडौं । राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी छन् । शीतल निवासस्थित राष्ट्रपति भवनमा मंगलबार आयोजित विशेष समारोहमा उनले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनासमक्ष उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको शपथ लिएकी हुन् ।

प्रतिक्रिया