पाटन अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु
नेपालखोज
२०७७ भदौ १ गते १४:२०
काठमाडौं । ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत् काठमाडौं भोटाहिटीकी ५८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।
गत साउन २८ गते अस्पताल भर्ना भएकी उनको सोमबार बिहान १० बजे मृत्यु भएको ललितपुर जिल्ला स्वास्थ्य कार्यालय प्रमुख खगेश्वर गेलालले जानकारी दिए ।
सास फेर्न गाह्रो भएपछि अस्पताल भर्ना गरिएको निमोनिया, मधुमेहको पनि समस्या पनि रहेकाे उनको सोमबार बिहान मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ ।
अस्पताल भर्नापश्चात् उनमा कोरोना परीक्षण गर्दा संक्रमण पोजेटिभ देखिएको हो । मृतक महिलाको शव नेपाली सेनाको टोलीले आजै व्यवस्थापन गर्ने तयारी गरेको छ ।
सम्बन्धित
प्रतिक्रिया