राष्ट्रिय बाल अधिकार परिषद्लाई कन्सोर्टियम नेपालले दियो सुझाव

नेपालखोज २०७७ भदौ १ गते १७:१५

काठमाडौं । कन्सोर्टियम नेपालले राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारी निर्देशक मिलन धरेललाई केही सुझाव दिएको छ । संस्थाले राष्ट्रिय बाल अधिकार परिषद्सँग सहकार्य गर्दै बाल सहभागितालाई मूलप्रवाहीकरणमा सघाउने जनाउँदै राष्ट्रिय बालअधिकार परिषद्का नवनियुक्त कार्यकारी निर्देशकलाई बधाई तथा शुभकामना दिएको छ ।

सोमबार कन्सोर्टियम नेपालले २० बुँदे सुझाव सहितको शुभकामना पत्र राष्ट्रिय बाल अधिकार परिषद् पुल्चोकमा दर्ता गराएको छ । शुभकामना पत्रमा बालअधिकार महासन्धिअनुरुप बाल अधिकारको मुख्य चारवटा खम्बामध्येको एक, बाल सहभागिताको क्षेत्रमा विशेष रुपमा क्रियाशील यस कन्सोर्टियम नेपाल, विगतमा केन्द्रीय बालकल्याण समितिसँगको सहकार्यको स्मरण गर्दै आगामी दिनमा राष्ट्रिय बाल अधिकार परिषदसँग सहकार्य गर्दै बाल सहभागितालाई मूल प्रवाहीकरण गर्ने कार्यमा सघाउन आतुर रहेको उल्लेख गरिएको छ ।

त्यस्तै, कार्यकारी निर्देशक धरेललाई ईंगित गर्दै पत्रमा, तपाई बालअधिकारको आन्दोलन तथा अभियानमा विगत २ दशकदेखि क्रियाशिल रहनुभएको एक कुशल नेतृत्वकर्ता नेपाल सरकारले राष्ट्रिय बालअधिकार परिषद् जस्तो बाल अधिकारको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्न सक्ने निकायमा कार्यकारी निर्देशक पदमा नियुक्त गरेकोमा हर्षित हुँदै यहाँको कार्यकालमा केही विशेष परिणाममूखी र उपलब्धिमूलक कार्यहरु पुरा हुनेछन् भन्ने आशा तथा विश्वासका साथ राष्ट्रिय बाल अधिकार परिषदले आगामी दिनहरुमा बाल अधिकारको क्षेत्रमा गर्ने कार्यहरुमध्ये तपाईलाई कन्सोर्टियम नेपालको तर्फबाट केही सवालहरु सुझावको रुपमा प्रस्तुत गर्दै कार्यान्वयनको अपक्षा गर्दछौं । र, आवश्यक सहयोग, सहजीकरण र सहकार्य गर्न कन्सोर्टियम नेपालको देशभरको सञ्जाल सदैव तत्पर रहेको व्यहोरा पनि अनुरोध गर्दछौं भनिएको छ ।


प्रतिक्रिया