बिहीबार, चैत ६, २०८१

बुधबारदेखि लिवर्टी ईनर्जी कम्पनीको साधारण शेयर खुल्ला

नेपालखोज २०७७ भदौ २ गते १८:४६

काठमाडौं । बुधबारदेखि लिवर्टी इनर्जी कम्पनी लि.को २ लाख कित्तासम्म दरखास्तदिन सकिने गरि ३५ लाख ६४ हजार ९ सय ३० कित्ता साधारण शेयर (आईपीओ) निस्काशन तथा विक्री खुल्ला भएको छ । यस साधारण शेयरको धितोपत्र निस्काशन तथा विक्री प्रवन्ध एनआईबिएलएस क्यापिटल लि. रहेको छ ।

Advertisement

यस कम्पनीको हाल अधिकृत पुँजी रु.१ अर्ब ५० करोड र चुक्तापुँजी १ अर्ब १२ करोड ५० लाख रहेकोमा अधिकृत पुँजीको २५ प्रतिशतका दरले हुन आउने ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्ता शेयर आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारणहरुमा जारी गरी बाँडफाँड गरे पश्चात कम्पनीको चुक्तापूँजी १ अर्व ५० करोड रुपैयाँ हुनेछ ।

यस कम्पनीले हालनिर्माण गरिरहेको २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए”जलविद्युतआयोजनालमजुङ जिल्ला स्थित दोर्दी गाँउपालिकामा अवस्थित छ । उक्त आयोजनाको हाल टनेल निर्माण तथापेनस्टक पाईप राख्ने काम सम्पन्न भएको, हेडवक्र्स तथा डिसेण्डर र पावर हाउस तथा टेलरेसको सिभिलनिर्माण कार्य समेत सम्पन्नभएको र पावरहाउसमा जडान गरिने आवश्यक इलेक्ट्रोमेकानिकल उपकरणहरु जडानकार्य अन्तिम चरणमा पुगेको छ ।

नेपालइन्भेष्टमेन्ट बैंकको अगुवाईमा ९ वटा बैंक तथावित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्मकरिब ९८ प्रतिशत सम्पन्न भई आगामी कार्तिक मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ । विश्वव्यापी रुपमा कोरोना भाईरस महामारीको कारणले गर्दा विदेशबाट समयमै बाँकी केहि उपकरणहरु तथा प्राविधिकहरु आयोजना निर्माण स्थलमा ल्याउन कठिनाई भएकोले यस आयोजनाको साविकको विद्युत उत्पादन गर्नुपर्ने मिति २०७६ चैत्र मसान्तमा विद्युत उत्पादन सम्भव नभई आयोजनाको व्यापारिक उत्पादन गर्नुपर्ने मिति आगामी कार्तिक मसान्तसम्म थप गरिने भएको छ ।

यस आयोजनाको पानीको श्र्रोत दोर्दी खोला हिमनदी भएको र उपलब्ध पानी सिंचाई लगायत अन्य प्रयोजनमा प्रयोग नहुने भएकोले बहाव राम्रो रहेको छ । साथै आयोजनामा युरोपियन उत्पादकको इलेक्ट्रोमेकानिकल उपकरण प्रयोग तथा पावर हाउससँगै रहेको सव–स्टेशनमा उत्पादित विद्युत जोडिने भएकोले प्रशारण नोक्सानी नहुने लगायतका कारणले यस आयोजना आकर्षक रहेको छ ।

यस कम्पनीले उल्लेखित आयोजनाबाहेक बाग्लुङ जिल्लामा २४.६ मे.वा. क्षमताको बडिगाढ खोला जलविद्युत आयोजना र लमजुङ जिल्लामै १.६ मे.वा. क्षमताको लोदो खोला साना जलविद्युत आयोजनाको समेत सर्भेक्षण अनुमतिपत्रप्राप्त गरी आवश्यक सर्भेक्षण कार्य गरिरहेको छ ।

प्रतिक्रिया