शुक्रबार, वैशाख १४, २०८१

१२ दशमलव ४७ अंकले घटेको नेप्सेमा ६ अर्ब ८१ करोडको काराेबार

नेपालखोज २०७८ वैशाख २३ गते १५:४४


काठमाडौं । साताको अन्तिम कारोबार दिन पनि नेप्से घटेको छ । अघिल्लो दिन पाँच दशमलव ९ अंकले घटेको नेप्से साताको अन्तिम कारोबार दिन आज बिहीबार पुन: १२ दशमलव ४७ अंकले घटेर २६ सय २७ दशमलव १३ अंकमा पुगेको छ ।

यसैगरी सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव ७७ अंकले घटेर ४७३ दशमलव ४ अंकमा पुगेको छ । नेप्सेमा आज २१६ वटा कम्पनीको ८० हजार एक सय ४१ पटकको कारोबारमा एक करोड ५९ लाख ८० हजार आठ सय १५ कित्ता सेयर खरिद-बिक्री हुँदा कुल कारोबार रकम ६ अर्ब ८१ करोड ९१ हजार चार सय ५३ रुपैयाँको कारोबार भएको छ ।

आज १३ वटा समूहको कारोबार भएकामा तीनवटा समूहको सूचक बढेर बाँकी समूहका सूचक घटेका छन् । तीमध्ये वाणिज्य बैंक समूहको सूचक ७ दशमलव ११ अंकले बढेर १७ सय ७८ दशमलव ७१ अंकमा पुग्दा फाइनान्स र लगानी समूहको सूचक पनि बढेका छन् ।

विकास बैंक समूहको सूचक भने १३ दशमलव ८५ अंकले घटेर २८ सय एक दशमलव २१ अंकमा पुग्दा जीवन बिमा समूहको सूचक पनि दुई सय ३९ दशमलव ३३ अंकले घटेर १७ हजार एक सय १० दशमलव ६४ अंकमा पुगेको छ ।

यीबाहेक निर्जीवन बिमा, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त र सामूहिक लगानी कोष समूहहरुको सूचक पनि घटेका छन् ।

आज खानीखोला हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर १६५ रुपैयाँमा कारोबार हुँदा विशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले घटेर ६ हजार सात सय १६ रुपैयाँमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी आज हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट कम्पनीको भने प्रतिकित्ता पाँच सय २४ रुपैयाँ अन्तिम मूल्यमा ४६ करोड ७२ लाख चार हजार सात सय ७३ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबारमध्ये सबैभन्दा बढी हो ।

प्रतिक्रिया