काठमाडौं उपत्यकामा भोलिदेखि एक साता निषेधाज्ञा

नेपालखोज २०७७ भदौ २ गते २०:२६

काठमाडौं । कोरोना भाइरस (कोभिड( १९) संक्रमित दिनप्रतिदिन बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको मंगलबार साँझ बसेको संयुक्त बैठकले भोलिबाट निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ। निषेधाज्ञा भदौ ३ गते राति १२ बजेदेखि एक सातासम्मका लागि जारी गरिएको छ।

निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक अरु सेवाहरु बन्द हुनेछन्।

प्रतिक्रिया