आज बुधबार भगवान कृष्णको पूजा आराधना गर्नुहोस् नबनेको काम बन्नेछ ।। आजको राशिफल ।।
तपाईको आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
महिला वर्गबाट विशेष सहयोग मिल्नेछ । शत्रु पराजित हुनेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाईनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
राजनैतिक कार्यमा सफलता मिल्नेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघी बढ्ला । सांगीतिक क्षेत्रमा रुची बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
नसोचेको ठाउँबाट धनागम हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । आर्थिक कारोवारमा सफलता पाइएला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमणीय र सुखद् यात्राको योग छ । पार्टी तथा सेमिनारमा सहभागी भईएला । प्रयत्न गरे फाइदा लिन सकिनेछ । साथीभाईसंग समय बित्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आज यात्रामा मालसामान हराउन सक्छ । सहकर्मीबाट विरोध आउला । गलत निर्णय लिन पुगिएला । चोटपटकको भयछ सचेत रहनुहोला ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज आदर्श ब्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । शुभकार्यको चर्चापनि चल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
छोटो दुरीको लाभदायक यात्रा रहला । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । भूमिबाट लाभ रहनेछ । नयाँ व्यक्तिसंग भेटघाट हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आज ठीक समयमा सही निर्णय लिन सकिनेछ । कला, साहित्य र संस्कृतिमा रुचि बढ्नेछ । घर,जग्गाको कारोबारमा सफलता मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । स्वास्थ्यमा समस्या आउनेछ । सरकारी निकाएको भयपनि रहनेछ, तर आफनतले सहयोग गर्नेछन् ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । समाजसेवामा मन लाग्ला । शिक्षामा सफलता मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
सजिलै अरूको मन जित्न सकिनेछ । व्यवसायका लागि नयाँ योजना बन्नेछ छ । दैनिक कार्यमा प्रगति हुँदै जानेछ । प्रेम जीवनपनि सुखद् रहनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल
प्रतिक्रिया