बुधबार, असार १८, २०८२

कैलास खोला माथिको पक्की पुल बाढीले बगायो

नेपालखोज २०७७ भदौ ३ गते ८:५६

अछाम । लगातारको बर्षापछि कैलाश खोलामा आएको बाढीले अछामको कैलास खोला माथिको पक्की पुल बगाएको छ । खोलाले मंगलसेन नगरपालिका वडा नम्बर १४ र बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ६ दर्नामा स्थित पक्की पुल बगाएको छ ।

छेउछाउका खेतहरु बगरमा परिणत भएका छन् । रामारोशन, मुजाबगर, गजडबजार, सेरि खेत, पुलबजार आसपासका खेत, कोसेडालगमयका क्षेत्रका खेतमा बाढी पसेको छ ।

निरन्तरको बर्षाका कारण रामारोशन गाउँपालिकाको केन्द्र मुजाबगर, गजडबजार लगायतका स्थानहरुमा क्षति भएको छ ।

प्रतिक्रिया