मंगलबार, जेठ ८, २०८१

उपप्रधानमन्त्री पोखरेलले राष्ट्रकविको पार्थिव शरीरमा ओढाए राष्ट्रिय झण्डा

नेपालखोज २०७७ भदौ ३ गते १२:१०

काठमाडाैं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवङ्गत राष्ट्रकवि माधवप्रसाद घिमिरेको पार्थीव शरीरमा बुधबार उनको निवास लैनचौरमा राष्ट्रिय झण्डा ओढाइ नेपाल सरकारका तर्फबाट श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

कवि घिमिरेको मङ्गलबार साँझ १०१ वर्षको उमेरमा निधन भएको थियो । राष्ट्रकवि घिमिरेको अहिले केहीबेरपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले दुःख व्यक्त गरेका छन् । उपराष्ट्रपति पुनले शोक वक्तव्य जारी गर्दै नेपाली साहित्यका शीर्ष व्यक्तित्व राष्ट्रकवि घिमिरेको मंगलबार साँझ भएको दुःखद निधनले स्तब्ध भएको बताएका हुन् ।

 

प्रतिक्रिया