शुक्रबार, जेठ ४, २०८१

इन्धनको मूल्य बढ्याे

नेपालखोज २०८० भदौ ३० गते ५:५८

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । शुक्रबार मध्यरातबाट लागू हुने गरी निगमले पेट्रोलमा लिटरको एक रुपैयाँ र डिजेल तथा मटिट्तेलमा लिटरको ३ रुपैयाँ मूल्य बढेको हो ।

पेट्रोलको मूल्य प्रतिलिटर १८३ रुपैयाँसम्म पुगेको छ । डिजेलको मूल्य १७३ रुपैयाँसम्म पुगेको छ । निगमले इन्डियन आयल कर्पोरेसनबाट पेट्रोलको १.१२ र डिजेलको २.९१ रुपैयाँ प्रतिलिटर बढेर आएको जनाएको छ ।

स्वचालित मूल्य प्रणाली अनुसार नेपालमा पनि मूल्य बढेको निगमले जनाएको छ ।

प्रतिक्रिया