बुधबार, असार १८, २०८२

थप चार जनाकाे कोरोना संक्रमणबाट निधन

नेपालखोज २०७७ भदौ ३ गते १३:२६

काठमाडौं । पछिल्लो पटक थप चार जनामा कोरोना संक्रमणबाट निधन भएकाे छ । ललितपुरको पाटन अस्पताल, सुनसरीको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र पर्साको नारायणी कोरोना अस्पतालमा काेराेना संक्रमणबाट निधन भएकाे हाे ।

ललितपुरको पाटन अस्पतालमा भक्तपुर सूर्यविनायककी ६१ वर्षीया महिलाको बुधबार मृत्यु भएको हो । उनी साउन २१ गतेदेखि सो अस्पतालमा उपचाररत थिइन् । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अर्की कोरोना संक्रमित महिलाको गएराति मृत्यु भएको छ ।

प्रतिष्ठानमा रहेको कोभिड–१९ अस्पतालमा मोरङ बुढीगंगा २ बस्ने ६७ वर्षीया ती महिलालाई साउन २५ गतेदेखि उच्च ज्वरो, अत्यधिक खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराट मेडिकल कलेजमा भर्ना गरेका थिए ।

अस्पतालले रोग पहिचान गर्न नसकेपछि भदौ २ गते मंगलबार बिहान बीपी प्रतिष्ठानमा रिफर गरेको प्रतिष्ठानका प्रवक्ता प्रा.डा.निदेश सापकोटाले जानकारी दिए ।

त्यस्तै वीरगन्जको नारायणी अस्पतालमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिका– ४ विर्ता का ८४ वर्षीय पुरुष र वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुषको गएराति मृत्यु भएको हो । याेसँगै नेपालभर काेराेनाबाट निधन हुनेकाे संख्या १ सय १८ जना पुगेकाे छ ।

प्रतिक्रिया