पछिल्लो २४ घण्टामा थप ६ सय ८१ जनामा काेराेना पुष्टि
नेपालखोज
२०७७ भदौ ३ गते १६:३१
काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ६ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २ सय १६ जना महिला र ४ सय ६५ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २८ हजार ९ सय ३८ जना पुगेको छ ।
देशभर रहेका ३८ वटा प्रयोगशालामा २४ घन्टाभित्र ११ हजार ५ सय २२ जनामा गरिएको कोरोना परीक्षणमा ६ सय ८१ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा थप १ सय २० जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै कोरोनामुक्त हुनेको संख्या १७ हजार ७सय पुगेको प्रवक्ता डा.गौतमले बताएका छन् ।
सम्बन्धित

प्रतिक्रिया