बिहीबार, चैत ६, २०८१

केही स्थानमा भारी वर्षाको सम्भावना

नेपालखोज २०७७ भदौ ४ गते ८:०३

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पनि केहि स्थानमा भारी वर्षाको संभावना रहेको छ।

Advertisement

आज दिउँसो देशभरिकै मौसम सामान्यतया बदली भई धेरै स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज वाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक-दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशभरिकै मौसम सामान्य बदली भई वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकरदुई ठाउँमा ठूलो पानी परे पनि अन्य प्रदेशमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम खालको पानी पर्ने अनुमान छ । ठूलो पानी पर्ने क्रम भोलि र पर्सिलाई भने अलि कम हुने मौसमविद्ले पूर्वानुमान गरेका छन् ।

प्रतिक्रिया