मंगलबार, जेठ ८, २०८१

पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा काेराेना पुष्टि

नेपालखोज २०७७ भदौ ४ गते १६:२८

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ७ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १ सय ९२ जना महिला र ५ सय १५ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या २९ हजार ६ सय ४२ जना पुगेको छ ।

देशभर रहेका ३८ वटा प्रयोगशालामा २४ घन्टाभित्र  ११ हजार ८ सय ३२ जनामा गरिएको कोरोना परीक्षणमा ७ सय ७ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप २ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै कोरोनामुक्त हुनेको संख्या १७ हजार ९ सय ६४  पुगेको प्रवक्ता डा.गौतमले बताएका छन् ।

 

प्रतिक्रिया