कोरोना उपचारका लागि बेड नराख्ने अस्पतालको पीसिआर अनुमति खारेज

नेपालखोज २०७७ भदौ ४ गते २०:३२

नेपाल खोज डेस्क ।

काठमाडौं । सरकारले २० प्रतिशत बेड कोरोना उपचारका लागि नराख्ने अस्पातालको पीसिआर परीक्षण गर्न दिइएको अनुमति खारेज गर्ने भएको छ ।

सरकारी अस्पतालहरु कोरोनाका विरामीले भरिन थालेपछि सरकारले नीजि अस्पतालहरुलाई पनि आरटिपीसिआर परिक्षणको अनुमति दिएको थियो । विभिन्न अस्पतालहरुले कोरोनाका बिरामीको उपचार गर्न आनाकानी गरेपछि अब सरकारले यसअघि पीसिआर परीक्षण गर्न अनुमति दिएका नीजि अस्पतालहरुले २० प्रतिशत वेड कोरोना उपचारका लागि नछुट्याए त्यस्ता अस्पतालको पीसिआर परीक्षण गर्न दिएको अनुमाति नै खारेज गर्ने निर्णय गरेको प्रवक्ता डा. गौतमले बताए ।

पछिल्लो समय नेपालका सबै क्षेत्रमा कोरोना संक्रमण फैलिन थालेपछि विभिन्न स्थानीय निकायले आ–आफ्नो स्थानमा आफैं लकडाउन तथा निषेधाज्ञा जारी गरेका छन् । काठमाडौं उपत्यकामा पनि आजदेखि पूर्णरुपमा निषेधाज्ञा जारी गरिएको छ ।  नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमणदर बढ्नुृको मुख्य कारण नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड अवलम्वन नगर्नु हो । कोरोना भाइरसको कुनै औषधी वा भ्याक्सिन बन्न नसकेको अवस्थामा यसको संक्रमण फैलिनबाट बच्नका लागि गरिने सामान्य स्वास्थ्य सुरक्षाका मापदण्ड पनि यहाँ अवलम्वन गरेको पाईदैन, जसले गर्दा संक्रमणदर नियन्त्रण बाहिर गएको छ ।

सुरुवाती दिनमा नागरिकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दा संक्रमणदर नियन्त्रण गर्न सहज भएपनि पछिल्लो समय मापदण्डको अवज्ञा गर्दा संक्रमण नियन्त्रण बाहिर गएको हो । नेपालमा अहिलेको अवस्थामा हेर्ने हो भने संक्रमणदर उच्च विन्दुमा पुग्ने विज्ञहरुबाट आंकलन भइरहेका बेला नागरिकहरुमा डर हराउँदै जानु र सतर्क नहुनुले अवको अवस्था भयावह हुने देखिन्छ । त्यसैले सरकारले कोरोना नियन्त्रण गर्न सकेन भन्दै आलोचना मात्रै गर्नुभन्दा महामारीलाई जित्न हामी नागरिक आफैं सचेत भई संक्रमणबाट बच्नु बुद्धिमानी हुनेछ ।

 

प्रतिक्रिया