आइतबार, चैत ९, २०८१

कस्तो छ आजको मौसम ?

नेपालखोज २०७७ भदौ ५ गते ७:०४

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमाको मौसम सफा रहेको छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालकाअनुसार अहिले कर्णाली प्रदेशका हिमाली क्षेत्रमा सिमसिम पानीबाहेक अन्य स्थानमा आंशिकदेखि सामान्यसम्म बदली भइ घाम लागेको छ।

आज दिनभरजसो देशका प्रायः स्थानमा घाम लाग्ने सम्भावना रहेको उनले बताए। उनका अनुसार साँझदेखि वा राति भने वर्षा हुने सम्भावना छ।

राति केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका १र२ स्थानमा भारी वर्षाको समेत सम्भावना छ।

प्रतिक्रिया