हजुरआमासँगै सुतेकी बालिकालाई अपहरण गरी बलात्कार
नेपालखोज
२०७७ भदौ ५ गते १४:२०
बर्दिया । बर्दियाको बारबर्दिया नगरपालिकामा गए राति ११ वर्षीया बालिकाको अपहरण गरी बलात्कार भएको छ । बारबर्दिया –८ भगतपुरका २१ वर्षीय चन्द्रराम विकले हजुरआमासँँगै सुतेकी बालिकालाई अपहरणपछि बलात्कार गरेको अभिभावकले आरोप लगाएका छन् ।
विकले आफ्नी छोरीलाई घरबाट अपहरण गरी बलात्कार गरेको आरोप लगाउँदै पीडितले जाहेरी दिएको इलाका प्रहरी कार्यालय बानियाभारका प्रहरी निरीक्षक हिक्मतबहादुर भण्डरीले बताए । पीडित बालिकालाई स्वास्थ्योपचारका लागि अस्पताल लगिएको र विकलाई इलाका प्रहरी कार्यालय बानियाभारमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया