अमेरिकामा १० लाख बढीले विमाको निवेदन दिए
नेपालखोज
२०७७ भदौ ५ गते १४:४६
वासिङ्टन । कोरोनाभाइरसको संक्रमण फैलिँदै गएकाले अमेरिकामा बिमाका लागि आवेदन दिनेहरुको संख्यामा पनि बृद्धि भएको छ ।
कोरोनाका कारण काम गर्न नपाएको वा उद्योग धन्दाहरु बन्द भएकाले निरन्तर रोजगारी गुमाएर बेरोजगार भएपछि बेरोजगार बिमाका लागि निवेदन दिनु परेको हो ।
अमेरिकामा पछिल्लो पाँच महिनादेखि बेरोजगारीको समस्या बढ्दै गएको छ भने मुलुककै आर्थिक अवस्थामा समेत असर पर्न थालेको छ ।
गत हप्ता अहिलेसम्मकै सबैभन्दा धेरै ११ लाख मानिसले बेरोजगार बिमाका लागि निवेदन दिएको समाचार वासिङ्टन पोष्टले लेखेको छ ।
यसअघि अघिल्लो हप्ता नौ लाख ७० हजारभन्दा बढीले निवेदन दिएका थिए ।
सम्बन्धित
प्रतिक्रिया