बिहीबार, वैशाख १३, २०८१

विदेशमन्त्री वाङ र राष्ट्रपति भण्डारीबीच द्विपक्षीय हितका विषयमा कुराकानी (फोटो फिचर)

नेपालखोज २०७८ चैत १३ गते १२:०१

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ । शुक्रबार काठमाडौं आएका वाङ यीले केही बेरअघि शीतल निवास पुगेर राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन् ।

भेटका क्रममा नेपाल-चीन सम्बन्ध र द्विपक्षीय हित लगायतका विषयमा कुराकानी भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । वाङले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग पनि भेट्दैछन् ।

हिजो प्रधानमन्त्री शेरबहादुर देउवासँग वाङको भेट भइसकेको छ । हिजै परराष्ट्रमन्त्री नारायण खड्कासँगको भेटमा नेपाल-चीन विभिन्न ९ वटा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

विदेशमन्त्रीको नेपाल भ्रमणलाई महत्वपूर्णका साथ हेरिएको छ । उनले अनुदानसँगै विभिन्न अनुदान दिनेबारे नेपाल सरकारलाई जानकारी गराएका छन् । उनले नेपाललाई अनुदान दिन चीन तयार रहेको सन्देश दिन खोजेका छन् । उनले नेपालको आन्तरिक कुरामा कसैले ध्यान दिए या हस्तक्षेप गरे चीनलाई सैह्य नहुेने स्पष्ट पारिसकेका छन् ।

प्रतिक्रिया