शुक्रबार, चैत ७, २०८१

चितवनमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि

नेपालखोज २०७७ भदौ ६ गते ८:४०

चितवन । चितवनमा थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा शुक्रबार गरिएको परीक्षणमा चितवनको २० जनासहित थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

Advertisement

प्रयोगशालाकाअनुसार संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर २, ७, १० र ११ का १६ जनामा कोरोना पुष्टि भएको छ । ती मध्ये ७ जना पुरुष र ९ जना महिला छन् ।

यस्तै अन्य कोरोना संक्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर १ का एक जना पुरुष र राप्ती २ र ८ का ३ जना रहेका छन् । जसमध्ये दुई पुरुष एक महिला छन् ।

प्रतिक्रिया