शुक्रबार, वैशाख ७, २०८१

रूपन्देहीको तिलोत्तमा नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले निर्वाचित

नेपालखोज २०७९ जेठ १३ गते ८:०५

बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका रामकृष्ण खाँण विजयी भएका छन् । एमालेका मोहन चापागाईलाई ७६५ मतान्तरले पराजित गर्दै खाँण मेयरमा निर्वाचित भएका हुन् । खाँणले २४ हजार ३९६ मत पाएर निर्वाचित हुंँदा चापागाईले २३ हजार ६३१ मत पाए ।

उपप्रमुखमा भने एमालेकी जागेश्वरी चौधरी भारी मतान्तरसहित विजयी भएकी छन् । चौधरीले २३ हजार ८६ मत ल्याएकी छन् । उनका निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका हेमन्त पाण्डेले ११ हजार ५४६ मत ल्याएका छन् ।

प्रतिक्रिया