बिहीबार, जेठ १०, २०८१

पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना पुष्टि, जम्मा संक्रमित ३१ हजार १ सय १७ पुगे

नेपालखोज २०७७ भदौ ६ गते १६:३०

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३१ हजार १ सय १७ जना पुगेको छ ।

देशभर रहेका ३८ वटा प्रयोगशालामा २४ घन्टाभित्र १२ हजार ५ सय १९ जनामा गरिएको कोरोना परीक्षणमा ६ सय ३४ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा थप १३६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म १८ हजार ३ सय ५० उपचारपछि निको भएकाे प्रवक्ता डा.गौतमले बताएका छन् ।

 

प्रतिक्रिया