मंगलबार, चैत ११, २०८१

कोभिड– १९ का बिरामीले अब अस्पताल भर्ना हुन मन्त्रालयबाट अनुमति लिनुपर्ने

नेपालखोज २०७७ भदौ ६ गते १९:३८

काठमाडौं । कोरोना भाइरस (कोभिड(१९) का बिरामीले अब अस्पताल भर्ना हुनुअघि स्वास्थ्य मन्त्रालयसँग अनुमति लिनुपर्ने भएको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयले बिरामी कोभिड अस्पतालमा भर्ना हुनुअघि स्वास्थ्य आपतकालीन तथा विपद् व्यवस्थापन इकाईको क्लिनिकल मेनेजमेन्ट टिमबाट अनुमति लिनुपर्ने बताएको हो ।

‘अस्पतालमा कोभिड–१९ को लागि छुट्याइएका आइसोलेसन तथा आइसयू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचओसीको क्लिनिकल मेनेजमेन्ट टिमको तपशिल बमोजिमका सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ’, स्वास्थ्य मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

स्वास्थ्य मन्त्रालयले कोभिड–१९ का बिरामीको उपचारका लागि भनेर निश्चित अस्पताल तोकेको छ ।

प्रतिक्रिया