शनिबार, वैशाख १३, २०८२

न्युकासलसँग मिडफिल्डर म्याटीको नयाँ सम्झौता

नेपालखोज २०७७ भदौ ६ गते २०:३५

एजेन्सी । न्युकासल युनाइटेडका मिडफिल्डर म्याटी लङ्स्टाफले क्लबसँग नयाँ सम्झौता गरेका छन् । इंग्लिस मिडफिल्डर म्याटीले थप दुई वर्ष क्लबमा रहने गरी न्युकासलसँग सम्झौता गरेका छन् ।

२० वर्षीय मिडफिल्डरको क्लबसँगको सम्झौता यसै समरमा सकिदै थियो । तर, त्यसअघि नै उनले क्लबसँग नयाँ सम्झौता गरेका हुन् । न्युकासलको एकेडेमीबाट सिनियर टिममा आएका उनले गत सिजन १५ खेलमा ३ गोल गरेका थिए । भने गत अक्टोबरमा म्यानचेस्टर युनाइटेड विरुद्ध उनले निर्णायक गोल गरेका थिए ।

 

प्रतिक्रिया