ललितपुरका विभिन्न ठाउँमा आज बत्ती नआउँने
नेपालखोज
२०७७ भदौ ७ गते ९:५०
काठमाडौं । ललितपुरका विभिन्न ठाउँमा आज दिउँसो बत्ती जाने भएको छ । नयाँ फिडर तान्ने कामको लागि आज ललितपुरका केही ठाउँमा दिउँसो बत्ती जाने भएको हो ।
पुल्चोक वितरण केन्द्रको टेकु चक्रपथ फिडरबाट वितरण भएको ११ केभी लाइनमा नयाँ फिडर तान्ने काम गर्नुपर्ने भएकाले बिहान ११ बजेदेखि तीन बजेसम्म बिजुली कटौती हुने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।
बागडोल क्षेत्र आसपास, सनराइज टावर अफलोडल, सानेपा चक्रपथ बाहिर, खाद्य गोदाम आसपास, चाइनिज क्याम्प क्षेत्रलगायत क्षेत्रमा बिजुली कटौती हुने प्राधिकरणले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया