अबदेखि विदेशी मुद्रा गाउँमा पनि सटही गर्न सकिने
काठमाडौं । अबदेखि गाउँगाउँमा स्थापना भएका वाणिज्य बैंकका शाखामा आफूसँग भएको विदेशी मुद्रा सटही गर्न सकिने भएको छ ।
नेपाल राष्ट्र बैंकले बैंकलाई हरेक शाखाबाट विदेशी मुद्रा किनि दिनुपर्ने व्यवस्था कार्यान्वयन गरेको छ । यस अघि बैंकले सहरी क्षेत्रका निश्चित शाखाबाट मात्रै विदेशी मुद्राको कारोबार गर्ने गरेका थिए ।
त्यसैकारण विदेशबाट फर्केका नेपाली वा पर्यटन क्षेत्रमा कार्यरत ग्रामीण क्षेत्रका नागरिकले आफूसँग भएको विदेशी मुद्रा साट्न लामो दूरीको यात्रा गर्नुपर्ने बाध्यता थियो ।
विदेशी मुद्रा खरिदका लागि भने फेरि पनि बैंकले तोकेका निश्चित शाखामै पुग्नु पर्नेछ । राष्ट्र बैंकले बैंकलाई विदेशी विनिमयको कारोबार गर्ने शाखा तोकेर त्यसै बमोजिम कारोबार गर्नुपर्ने व्यवस्था गरेको छ । यसका साथै, विदेशी मुद्राको कारोबार सहज बनाउन इजाजत (लाइसेन्स) नीति पनि खुकुलो पारिएको छ ।
प्रतिक्रिया