ओली र प्रचण्डबीच बालुवाटारमा छलफल हुँदै

नेपालखोज २०७७ भदौ ९ गते ९:५६

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुग्नु भएको छ ।

दुई अध्यक्षबीच हिजो छलफल हुने भनेपनि अन्तिम समयमा कार्य व्यस्तताको कारण देखाउँदै स्थगित भएको थियो । ओली र प्रचण्डबीच पार्टीको विवाद सुल्झाउन बनाइएको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल गर्नका लागि प्रचण्ड बिहान ९ः३० बजे बालुवाटार पुग्नु भएको छ ।

विवाद सुल्झाउन गठित ६ सदस्यीय कार्यदलले साता लामो गृहकार्यपछि शनिवार आफ्नो प्रतिवेदन बुझाएको थियो । नेकपामा विवाद चुलिएपछि स्थायी कमिटी बैठक पनि सुचारु हुन सकेको छैन् । बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि विवाद झनै चर्किएको थियो ।

विवाद सुल्झाउन गठित कार्यदलले ओलीले ५ वर्ष प्रधानमन्त्री र प्रचण्डले सम्पूर्ण कार्यकारी अधिकार लिएर पार्टी चलाउन सुझाव दिएको छ । पार्टीलाई एकताबद्ध बनाउनुपर्ने कुरामा पनि जोड दिएको छ ।

प्रतिक्रिया