आइतबार, वैशाख १४, २०८२

पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना पुष्टि

नेपालखोज २०७७ भदौ ९ गते १६:२६

काठमाडौं । पछिल्लो २४ घण्टा यता नेपालमा थप ८ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये २ सय ७१ महिला र ५ सय ८४ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ जना पुगेको छ ।

देशभर रहेका ४० वटा प्रयोगशालामा ११ हजार ३ सय २७ जनामा गरिएको परीक्षणमा थप ८ सय ५५ जनामा कोरोना देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

पछिल्लो २४ घण्टामा देशभर थप ३ सय १३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म काेराेना संक्रमणमुक्त हुनेकाे संख्या १९ हजार १ सय १९ पुगेकाे छ ।

 

 

प्रतिक्रिया