संक्रमणको स्थिति भयावह बन्ने संकेत : डा. भ्यानडिलिएर
नेपालखोज
२०७७ भदौ ९ गते २०:१८
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का नेपालस्थित कार्यालयका प्रतिनिधि डा. जोस भ्यानडिलिएरले नेपालमा कोरोना भाइरस संक्रमणको स्थिति भयावह बन्ने संकेत गरको छन् ।
उनले नेपालमा हाल देखिएको कोरोना संक्रमणको संख्या सुरुवातमात्रै भएको सचेतना नअपनाए भविष्यमा संक्रमितको संख्या अझ धेरै बढ्ने बताएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबारको नियमित पत्रकार सम्मेलनमा भ्यानडिलिएरले विश्वमा हेर्दा समग्र जनसंख्याको एकदेखि दुई प्रतिशतसम्म संक्रमित भएको पाइएकाले नेपालमा पनि आगामी दिनमा संक्रमित संख्या बढ्दै जाने परिस्थिति देखिएको बताए ।
सम्बन्धित
प्रतिक्रिया