सेप्टेम्बर २ देखि सञ्चालन हुने अन्तर्राष्ट्रिय उडानको तालिका सार्वजनिक
काठमाडौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी सेप्टेम्बर २ बाट सञ्चालन गरिने अन्तर्राष्ट्रिय उडानको तालिका टुंगो लगाएको छ।
मन्त्रालयले नियमित तथा चार्टर अन्तर्राष्ट्रिय उडान तालिका, उडान सञ्चालन गर्दा पालना गर्नुपर्ने शर्त र युएन एजेन्सी र विकास साझेदारहरूको सूचीसमेत संलग्न गरी उडान स्वीकृतिका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको हो।
आज मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उक्त पत्र प्राधिकरणमा पठाइएको मन्त्रालयले जनाएको छ। उडान अनुमतिका लागि मन्त्रालयले पठाएको सूचीमा नेपालका दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित विदेशी वायुसेवा कम्पनीहरू समावेश छन्।
पालना गर्नुपर्ने शर्तहरुमा उडान सञ्चालन गर्दा उडान हुनु ७२ घण्टाभित्रको पीसीआर नेगेटिभ रिपोर्ट भएका यात्रुहरू मात्र ल्याउन पाइने, एउटै उडानबाट पिसीआर नेगेटिभ रिपोर्ट भएका सबै यात्रुहरु नेपाल आएपछि १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने, यी यात्रुहरुको अनुगमन स्थानीय तह र स्थानीय तह कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (LCCMC ) ले गर्ने लगायतका शर्तहरु पुरा गर्नुपर्ने छ।
उडानको तालिका हेर्न यहाँ क्लीक गर्नुहाेस
प्रतिक्रिया