कोशी प्रदेशसभा बैठक बस्दै
नेपालखोज
२०८१ माघ ७ गते ८:४१

विराटनगर । कोशी प्रदेशसभाको छैटौँ अधिवेशन आज अपरान्ह २ बजे बस्ने भएको छ ।
नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम कोशी प्रदेशका प्रमुख परशुराम खापुङले सो अधिवेशन आह्वान गरेका हुन् ।
कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ३ को उपनियम (१) बमोजिम कोशी प्रदेशसभाका सबै सदस्यलाई जानकारीका लागि सूचना जारी भएको कोशी प्रदेशसभा सचिव गोपाल प्रसाद पराजुली जानकारी दिए ।
सम्बन्धित
प्रतिक्रिया