आइतबार, वैशाख १४, २०८२

उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय

नेपालखोज २०७७ भदौ १० गते १२:०२

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको बुधबार बसेको बैठकले भदौ १७ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा भदौ १७ सम्म अत्यावश्यकबाहेक सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय गरिएको बताए । यसअघि भदौ ३ को मध्यरातदेखि जारी निषेधाज्ञा बुधबार मध्यराति सकिँदै छ ।

कोरोना संक्रमितको दर बढिरहेको भन्दै उपत्यकाका जनप्रतिनिधिहरुले निषेधाज्ञा लम्ब्याउन सुझाव दिएका थिए । जिल्ला सुरक्षा समितिलाई संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन-२०२८ को दफा ६ (३) अनुसार निर्णय निषेधाज्ञा जारी गर्ने अधिकार छ ।

प्रतिक्रिया