सोमबार, जेठ ७, २०८१

सुविसुका सेवा सम्वन्धी जानकारी अब सेल्फ केयर पोर्टलबाट

नेपालखोज २०७७ भदौ १० गते १३:५४

काठमाडौं । नेपालको अग्रणी केवल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रा.लि.ले आफ्ना ग्राहकवर्गका लागि सुबिसु सेल्फ केयर पोर्टल सञ्चालनमा ल्याएको छ ।

सुविसु सेल्फ केयर पोर्टलको प्रयोगबाट ग्राहकहरुले आफुले खरिद गरेको सेवाको बारेमा विविध जानकारी लिन सक्ने सुविसुले जनाएको छ । साथै, अनलाइन भुक्तानीबाट सेवा नविकरण गर्न तथा हालको सेवालाई आफुले चाहेअनुरुप विभिन्न सेवा प्लानमा अपग्रेड गर्न सक्ने सुविसुले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ ।

ग्राहकको सहजता एवम् सेवाको पारदर्शीताका लागि सेल्फ केयर पोर्टल सञ्चालन गरिएको विश्वास लिइएको छ । आउने दिनहरुमा यस पोर्टलमा विभिन्न उपयोगी सेवाहरु पनि थपिँदै लगिने छ । सुबिसु सेल्फ केयर पोर्टल selfcare.subisu.net.np बाट प्रयोग गर्न सकिने छ । साथै www.subisu.net.np मा रहेको customer login द्वारा पनि प्रयोग गर्न सकिने विज्ञप्तीमा जनाइएको छ ।

प्रतिक्रिया